काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले गृहमन्त्री सुधन गुरुङ लाई पद छाडेर मार्गप्रशस्त गर्न सुझाव दिएका छन् । सांसद साम्पाङले विवादास्पद व्यवसायीसँगको व्यावसायिक सम्बन्ध सार्वजनिक भएपछि मन्त्री गुरुङले नैतिक जिम्मेवारी लिनुपर्ने र आवश्यक परे पदबाट राजिनामा दिई मार्गप्रशस्त गर्नुपर्ने सुझाव दिएका हुन्।
विचौलिया दीपक भट्ट र शंकर समूहसँग पार्टनरसिप लिएका गृहमन्त्री गुरुङ ‘स्वार्थको द्वन्द्व देखिने’ गरी पदासिन रहेको भन्दै विवादमा तानिएपछि उनको नैतिकतामाथि प्रश्न उठ्दै गएको छ ।
सांसद साम्पाङले सार्वजनिक रूपमा प्रतिक्रिया दिँदै सामाजिक सञ्जालमार्फत गृहमन्त्रीलाई स्पष्टिकरण दिन वा पद छाडेर अनुसन्धान सहज बनाउने बाटो रोज्न आग्रह गरेका छन् । गृहमन्त्री गुरुङमाथि उठेका आरोपका कारण सरकार र सम्बन्धित दलमाथि नैतिक दबाब बढिरहेको छ। पार्टीभित्रै पनि उनीमाथि कारबाही वा राजीनामाबारे छलफल भइरहेको बताइएको छ।