साँखुमा गोली चल्यो, एक लागू औषध प्रयोगकर्ता घाइते

दियोपोस्ट संवाददाता  

काठमाडौं । काठमाडौंको साँखुमा प्रहरी र लागु औषध प्रयोकर्ताबीच गोली हानाहान भएको छ। लागू औषध प्रयोगकर्तालाई नियन्त्रणमा लिने क्रममा गोली चले पछि प्रहरीले जवाफी कारवाही स्वरुप शुक्रबार अपरान्ह गोली चलाएको हो ।

उक्त घटनामा लागू औषध नियन्त्रण ब्युरोको टोलीमाथि नियन्त्रणमा लिन खोज्दा ति व्यक्तिहरूले पहिलो गोली चलाएको प्रहरीले जनाएको छ। त्यसपछि आत्मरक्षाका लागि प्रहरीले जवाफी कारबाहीस्वरूप गोली चलाएको थियो ।

प्रहरीका अनुसार उक्त कारबाहीका क्रममा एक जना लागू औषध प्रयोगकर्ता घाइते भएका छन्। घाइतेको अवस्था र परिचयबारे थप विवरण आउन बाँकी रहेको छ।

घटनास्थलबाट प्रहरीले एक थान पेस्तोल समेत बरामद गरेको जनाएको छ। यस विषयमा अनुसन्धान जारी रहेको र थप विवरण क्रमशः सार्वजनिक गरिने प्रहरीले जानकारी दिएको छ।

सिफारिस