ओलम्पिक छनोटः नेपाली महिला टिमले म्यानमारसँग खेल्दै

दियो पोस्ट  

काठमाठडौं, चैत २० । म्यानमारको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार सवाँ ५ बजेबाट सुरु हुनेछ । नेपाल भन्दा बलियो मानिएको टिम विरूद्द जित भन्दापनि अंक खोस्ने लक्ष्यमा रहेको छ । ओलम्पिकको पहिलो चरणको खेलमा नेपालले म्यानमारलाई १–१ को बराबरीमा रोकेको थियो ।

पहिलो पटक म्यानमारसँग भिडेको नेपालले खेलको सुरुवातमै सावित्रा भण्डारीको गोल मार्फत अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन ।

त्यहिका आधारमा पनि प्रशिक्षक हरि खड्काले जित वा बराबरीका लागि मैदानमा उत्रने बताएका छन । तर भारतमा भएको हिरो गोल्डकपमा नेपाल म्यानमारसँग तीन शुन्यले पराजित भएको थियो ।

यी दुइ टिम चौथो पटक खेल्ने लागेका छन भने एक महिनाको अन्तरमा तेस्रो पटक । भारतमा हिरो गोल्डकपमा नेपाल २ खेल खेल्दै दुबैमा पराजित भएको थियो ।

खेलाडीको स्पिडमात्र होइन नेपाल भन्दा म्यानमार धेरै किसिमले फरक रहेको छ । फिफा वरियतामा नेपाल १०३ स्थानमा रहेको छ भने म्यानमार ४४ स्थानमा छ ।