काठमाडौ, चैत २१ । ओरियन्टल सहकारीका अध्यक्ष सुधीर बस्नेत पक्राउ परेका छन् । उनलाई कडौं रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौंको भीमसेनगोलाबाट पक्राउ गरिएको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
समस्याग्रस्त सहकारीहरुको छानबिन समितिले दिएको प्रतिवेदनको आधारमा उनी पक्राउ परेका हुन् । बस्नेतमाथि वचतकर्ताको १४ करोडभन्दा धेरै रकम हिनामिना गरेको आरोप लागेको छ ।
उनीमाथि संगठित अपराध र ठगी मुद्दा चलाइने परिसरका डीएसपी होविन्द्र बोगटीले बताए । समितिले बस्नेतको सम्पत्ति नियन्त्रण गरी लिलाम प्रक्रियाबाट बिक्री गर्न सुझाव दिएको बुझिएको छ ।