काठमाडौं, २२ चैत्र । पाँचतारे तारागाउँ रिजेन्सी होटल लिमिटेड (होटल ह्यात) र तारा गाउँ विकास समितिबीचको शेयर अनियमितताबारे एक दैनिक पत्रिकाले समाचार प्रकाशन गरेसँगै विभिन्न आरोप प्रत्यारोप ‘शाब्दिक युद्ध’ शुरु भएको छ ।
तीन वर्षअघि आर्थिक दैनिकले सोही विषयलाई प्राथामिकता दिँदै पटक पटक समाचार छापेको थियो । गत चैत्र ९ गते कान्तिपुर दैनिकमा ‘तारागाउँ रेजेन्सीमा अनियमितता’ र सरकारी शेयर व्यावसायीको हातमा परेको भन्दै समाचार प्रकाशन भएको थियो । समाचार सार्वजनिक भएपछि संसदीय समितिले छानबीन गरेर प्रतिवेदन बुझाई सकेको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ ।
समाचार प्रकाशन भएपछि कान्तिपुरका रिपोर्टर कृष्ण ज्ञवालीलाई कान्तिपुरकै पूर्व स्तम्भकार हाल अन्नपूर्ण मिडियाका ग्रुप इडिटर विजय कुमार पाण्डेले सामाजिक सञ्जालमै ‘हिलो छ्यापे’ ।
‘दुई वा बढि व्यापारिक स्वार्थको टकराव विजनेशको सामान्य प्रक्रिया हो । तर, वैश्य गुगमा जब पत्रकारिता आफै यी दुई विपरित स्वार्थ मध्ये एउटाको डुङ्गा एकोहोरो खिाउन थाल्छन् भ्रम हुनसक्छ ‘खोज पत्रकारिता’ हुँदैछ भनेर । खोज पत्रकािरता र पतवार पत्रकारिता नितान्त भिन्न कुरा हुन्,’ पाण्डेले मंगलबार गरेको पहिलो ट्वीटमा भनिएको छ ।
पाण्डेलाई जवाफ फर्काउँदै कान्तिपुर दैनिकका रिपोर्टर कृष्ण ज्ञवालीले भनेका छन्,–‘पाठक प्रकरणमा मौन । निममकाण्डमा मौन । यावत अरु बेथितिमा मौन । तारागाउँमा अनियमितता छ भनेर लेख्यो, आफूलाई वैश्य युगको साक्षात श्रीकृष्ण ठान्ने एक नटवरलाललाई ज्वरो आउँदो रहेछ । आफ्नै पसिनामा बाँच्न सिक बुढा । फोकटका अरुको दाना–पानी खाएपछि अनुचित समयमा ज्वरो आउँछ ।’
पाण्डेको ट्वीटबाट आक्रोशित बनेका ज्ञवालीले अर्को ट्वीट गरेका छन्,–धृतराष्ट्रका नुनपानीका सामु : भीष्म र द्रोण त मतिभ्रष्ट भए भने तिमी त कलियुगका चटकलाल हौा । कसैले अफर गरेको एक पेग प्रति अनुग्रहित भएर आजिवन चाकडी गर्ने तिमीले आजको मितिमा हामीलाई कम्तिमा ‘पत्रकारिता नसिकाएको राम्रो । खोज पत्रकारिता त टाढाको कुरा… ।’
मंगलबार नै वरिष्ठ पत्रकार पाण्डेले होटल ह्यातको पक्षमा अर्को ट्वीट गरेका छन्–,‘केही समयदेखि विवादमा रहेको तारागाउँ रेजेन्सी होटल सम्बन्धि आरोपलाई आज सो संूसथाले मारक जवाफ फर्काएको छ । नयाँ पत्रिका, गोरखा पत्र, नागरिक कारोबार, अन्नपूर्ण, अभियान र कान्तिपुर नैनिकमा आज फर्काइएको जवाफले वैश्य पत्रकारिता माथि केही प्रश्न खडा गरेको छ । फैसला अदालतले गर्ने नै छ ।’
जवाफमा ज्ञवालीले लेखेका छन्,‘श्री आदर्णिय ज्यू । प्रतिष्पर्धी मिडियाको प्रमुख तपाईंले मेरो पेशागत कामको नियतमाथि प्रश्न उठाउनु भयो । ठिक छ । कि तथ्यगत रुपमा समाचार गलत भनी स्थापित गर्नुहोस्, नियतमाथि प्रश्न उठाएकाले सप्रमाण पुष्टि गर्नुहोस् । नभए तपाईंको नियत र स्वार्थको छिट्टै भण्डाफोर गर्नेछु । सप्रमाण ।’
उच्च स्रोत भन्छ,–कुनै समय भारतको कामाक्षादेवि मन्दिरमा फूल बेच्ने सामान्य नागरिक राधेश्याम सेर्राफले नेपालबाट कमाएको पैसाले भारतमा मात्रै १६ वटा फाइभस्टार होटल चलाइरहेका छन् ।
राजधानीको ह्यात होटल र दरबारमार्ग स्थित याकएण्ड यति होटलका मालिक रहेका सेर्राफलाई अन्तर्राष्ट्रिय आतंकवादी समुहको समेत लगानी रहेको उच्च स्रोतको दाबी छ । उनै सेर्राफले नेपाल सरकारको स्वामित्वमा रहेको अर्बौंको जग्गा र सरकारको नाममा रहको शेयर हडपेको रिपोर्ट सार्वजनिक भएपछि नेपालको एक मिडियामा ग्रुप इडिटरको रुपमा कार्यरत विजय कुमार पाण्डे किन फिल्डमा उत्रिए ?
रहस्यको पर्दा खुल्न थालेको छ । सामाजिक सञ्जाल ट्वीटर मार्फत ह्यात होटल र राधेश्याम सेर्राफको बचाउमा लागि परेका पाण्डेलाई कतिपयले ट्वीटरमै जवाफ दिएका छन् । उनले सेर्राफसँग आर्थिक लेनदेन गरेको विषय समेत सार्वजनिक भएको छ ।
पाण्डेको भारतीय नागरिक राधेश्याम सर्राफसँग निकट सम्बन्ध रहेको उनले लेखेको खुसी किताबबाटै स्पष्ट हुन्छ ।
पाण्डेको आत्मकथा खुसीको पेज नम्बर १६२÷६३ मा ह्यात होटलका मालिक राधेश्याम सर्राफसँगको सम्बन्ध बारे उल्लेख गरिएको छ । उनले नेपालको टेलिभिजन पत्रकारितामा निराश भएपछि आफू अमेरिकामा गएर समुन्द्र किनारमा कफिसप खोल्ने निर्णयमा पुगेको र त्यसका लागि राधेश्याम सेर्राफसँग १ लाख अमेरिकि डलर सहयोग मागेको खुलेर बताएका छन् । यो विषय यतिबेला ट्वीटरमा समेत भाइरल नै बनेको छ ।
सेर्राफले एक वचनमै अमेरिका पुगेको २ दिनमै एक लाख डलर हालको करिब डेढ करोड रुपैयाँ पाण्डेको खातामा जम्मा हुने वचन दिएको उल्लेख गरिएको छ ।
होटल सञ्चालक सेर्राफ लामो समयदेखि नेपालमै बसेपनि उनले नेपाली नागरिकता लिएका छैनन् । तर, उनी भारतीय योजनामा नेपालमा लुट मच्चाउन आएका पात्र हुन् ।
उच्च स्रोतका अनुसार नेपाली पत्रकारितामा एउटा इतिहास बनाएका विजय कुमार पाण्डेको जन्म पनि भारतमै भएको थियो ।
‘विजय कुमार पाण्डे नेपाली नागरिकता लिएका भारतीय हुन् । विजय कुमार पाण्डेको मामा घर वैतडी हो । घर भने भारतको नैनीताल हो । बाल्यकालमै विपत्ति परेपछि मामाघर फर्किएका उनलाई मामाघरले नै पढाउने र पाल्ने गरेको हो । मावली भट्टहरु हुन् । आमा बैतडीको तर बाबु भारतीय नागरिक हुन्,’ स्रोत भन्छ्,‘उनको राष्ट्रिय स्वार्थ भनेकै भारतीय हित हो । एउटा भारतीयलाई समस्या पर्दा अर्का भारतीयलाई कसरी सहयोग गर्छ ? पत्रकारिताको आवरणमा भारतीय स्वार्थमा काम गरिरहेका पात्र हुन् कुमार पाण्डे ।’
कान्तिपुरकै पूर्व सम्पादक रिपोर्ट ज्ञवालीको पक्षमा !
यतिबेला सुधीर शर्मा अन्नपूर्ण पोस्टमा ‘सिमान्त’ स्तम्भ लेखिरहेका छन् । यसअघि कान्तिपुर दैनिकका प्रधानसम्पादक रहेका सुधीरले कान्तिपुरकर्मी ज्ञवालीको खोजलाई सम्मान गर्नुपर्ने बताएका छन् ।
‘उपदेशक हुनु र त्यसलाई पालना गर्नुबीच महान अन्तर हुन्छ महोदय ।
गल्ती भएपछि क्षमा मागौँ, कृष्ण ज्ञवाली जस्ता आँटिला र इमान्दार पत्रकारमाथि हिलो छयाप्ने काम नगरौँ,’ शर्माले ट्वीटर मार्फत लेखेका छन् ।