प्रहरी चौकी सार्न लागिएको भन्दै धादिङ खहरेका स्थानिय आन्दोलित, प्रहरी चौकी घेराउ !

दियो पोस्ट  

दियोपोस्ट संवाददाता


धादिङ, २४ चैत्र । प्रहरी चौकी सार्न खोजिएको विरोधमा त्रिपुरासुन्दरी गाउँपालिका ७ खबरेका स्थायनीवासीले विरोध गरेका छन् ।


खहरेका स्थानिय बासिन्दाले विरोधमा खहरै प्रहरी चौकीमा घेरावन्दी गरेका छन् । करिब २ सय जनाको संख्यामा उपस्थित स्थानि सर्वसाधरणले प्रहरी चौकी खहरेमै राख्नु पर्ने माग राखेका छन् ।

प्रहरी चौकी सरेपछि खहरे बजार असुरक्षित हुने र आपराधीक घटना बढ्न सक्ने आशंका उनीहरुको छ ।


२०५२ साल देखि खहरेमै रहेको प्रहरी चौकी यो वर्षदेखि त्रिपुरासुन्दरी गाउँपालिका ४ सल्यानकोट सार्ने तयारी भएपछि उनीहरु विरोधमा उत्रिएका हुन् ।