काठमाडौं, चैत २६ । कारोबार हुने हप्ताको तेस्रो दिन आज मंगलबार शेयरबजार कारोबार मापक नेप्से परिसुचक १० दशमलव ५८ अंकले घटेको छ ।
हिजो र अस्ती बढेको बजार आज भने घटेर ११ सय ८१ दशमलव १० बिन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । आज सबै समूहको उप–सुचक घटेको छ ।
कारोबार रकममा पनि गिरावट आएको छ । आज १ सय ७० कम्पनीले गरेको कारोबारमा ७३ करोड ५१ लाख ५९ हजार रुपैयाँ बराबरका २७ लाख ८८ हजार कित्ता शेयर किनबेच भएका छन् । आज निको ईन्स्योरेन्स कम्पनी लिमिटेडले सबैभन्दा धेरै ६ करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार गरेको छ ।
शेयरबजार घटेसँगै जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र गल्याम्दी हाईड्रो लिमिटेडका लगानीकर्ताले ८ प्रतिशत भन्दा धेरै गुमाएका छन् । नेपाल कम्युनिटी डेभलपमेन्ट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले भने साढे ९ प्रतिशत कमाएका छन् ।