बालुवाटार जग्गाकाण्डबारे नेकपा महासचिव विष्णु पौडेलले मुख खोले,‘रजिष्ट्रेशन पास गरिएको हो’

दियो पोस्ट  


काठमाडौं, २७ चैत्र । बालुवाटारको सरकारी जग्गा हडपेको विषयमा तिब्र आलोचना भएपछि नेकपाका महासचिव विष्णु पौडेलले स्पष्टिकरण दिएका छन् ।


उनले प्रचलित कानुन अनुसार राजश्व तिरेर नै जग्गा किनेको स्वीकार गरेका छन् ।


‘२०६१ पुस १९ गते प्रचलित कानुन बमोजिम बिक्री गर्ने व्यक्तिको नाममा मालपोत कार्यालयमा दर्ता श्रेस्ता कायम रहेको र सम्बन्धित मालपोत कार्यालयले खरिद बिक्री गर्न मिल्ने यकिन गरी रजिष्ट्रेशन लिखत पारित गरी प्रचलित कानुन बमोजिम लाग्ने राजश्व लिई रजिष्ट्रेसन पास गरिदिएको जग्गा खरिद गरी लिएको हुँदा समाचारमा उल्लेख भएजस्तो जग्गा हिनामिनामा म र मेरो परिवारको सदस्यको कुनै समलग्नता नरहेको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराउँदछु,’ पौडेलले विज्ञप्तिमा भनिएको छ ।


स्रोतका अनुसार त्यतिबेला तत्कालिन मालपोत प्रमुखकै मिलेमतोमा सरकारी जग्गा व्यक्तिको नाममा पारिएको थियो ।