हाजार्डबिनाको चेल्सी भर्सेस स्लाभिया प्राग, कस्तो होला खेल ?

दियो पोस्ट  

युरोपा लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा इन्ग्लिश क्लब चेल्सीले बिहिबार स्लाभिया प्रागसंग प्रतिस्पर्धा गर्दैछ ।

चेक रिपब्लिक क्लब स्लाभियाको मैदानमा चेल्सी र घरेलु टोलीबीचको खेल नेपाली समय अनुसार राति १२स्४५ मा सुरु हुनेछ । दुवै टोलीको लक्ष्य पहिलो लेगमा जित निकाल्नु हुनेछ ।

नौलो प्रतिद्वन्दीविरुद्ध चेल्सी पहिलो लेगमा जित निकाल्दै सेमिफाइनलको यात्रा तय गर्न चाहन्छ । यता, घरेलु टोली आफ्नै मैदानमा बलियो चेल्सीलाई रोक्न चाहन्छ ।

चेल्सी र स्लाभियाले अहिलेसम्म एक अर्काविरुद्ध खेलेका छैनन् । दुवै टोली पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका हुन् । तर, तुलनात्मक रुपमा चेल्सी बलियो देखिन्छ ।

स्लाभियाविरुद्ध चेल्सीले आफ्ना स्टार खेलाडी इडेन हाजार्डलाई आराम दिने छन् । मुख्य प्रशिक्षक माउरिजियो सारीले हाजार्ड निकै थकित रहेको कारण उनलाई विश्राम दिने बताईसकेका छन् ।

हाजार्डको अनुपस्थितिमा घरेलु टोलीलाई केहि सहज हुने अनुमान गरिएको छ । एजेन्सी ।