
काठमाडौँ । काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज आइतबार एक खेल हुँदैछ । त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स आमनेसामने हुँदैछन् ।
जारी प्रतियोगितामा जनकपुरले एक जित र एक हार बेहोरेको छ भने पोखरा आफ्नो पहिलो जितको खोजीमा छ।
जनकपुरले पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनको हार बेहोरेको थियो । दोस्रो खेलमा भने काठमाडौँ गोर्खाजलाई ८ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको थियो।
यता, पोखरा एभेन्जर्सले आफ्नो पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटको हार बेहोरेको थियो । त्यसैले आजको खेलमा पोखरा पहिलो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रनेछ ।
हालसम्मको अंकतालिकामा जनकपुर पाँचौँ स्थानमा छ भने पोखरा अन्तिम स्थानमा रहेको छ। आजको खेल जित्दै जनकपुर आफ्नो स्थिति सुधार्ने प्रयासमा हुनेछ भने पोखरा अंकतालिकामा खाता खोल्ने लक्ष्यमा हुनेछ।