
काठमाडौँ । नागढुंगा सुरुङ मार्ग प्रयोग गरेबापत आजदेखि सवारीसाधनबाट शुल्क संकलन गरिने भएको छ । सुरुवाती चरणमा निःशुल्क सञ्चालन गरिएको यस सुरुङ मार्गमा आज (आइतबार) राति १२ बजेदेखि भने शुल्क लाग्ने व्यवस्था गरिएको हो ।
सवारीसाधनको प्रकार र आवागमनको दिशाअनुसार फरक(फरक शुल्क लाग्ने आयोजनाले जनाएको छ ।
नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले गत कात्तिक १२ गते सूचना जारी गर्दै सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट शुल्क उठाइने स्पष्ट पारेको थियो ।
नयाँ शुल्क विवरण अनुसार:
वर्ग १ (कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधन)- काठमाडौँ प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौँ बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ ।
वर्ग २ (मिनीबस, मिनी टिपर तथा ट्रक)- काठमाडौँ प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ ।
वर्ग ३ (बस तथा ट्रक)- काठमाडौँ प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
वर्ग ४ (मल्टी एक्सल ट्रक तथा भारी उपकरण)- काठमाडौँ प्रवेश गर्दा ६०० रुपैयाँ र काठमाडौँ बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्नेछ ।
यस नयाँ व्यवस्थासँगै नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने चालक तथा सवारीधनीहरूले आफ्नो सवारीको वर्गअनुसार तोकिएको शुल्क तिरेर मात्र आवागमन गर्नुपर्नेछ।