भोलिदेखि सरकारी कार्यालयको समय परिवर्तन, अब बिहान ९ देखि बेलुकी ४ बजेसम्म खुल्ने

दियोपोस्ट संवाददाता

काठमाडौँ । भोलिदेखि सरकारी कार्यालयहरूको सञ्चालन समय परिवर्तन हुने भएको छ । सरकारले जाडोयामको समयतालिकाअनुसार सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म कायम गरेको हो ।

यसअघि नेपाल राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार हरेक वर्ष कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय परिवर्तन हुने व्यवस्था छ । सोही अनुसार शैक्षिक संस्थाबाहेकका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूको कार्यालय समय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ ।

यसअघि भने कार्यालय समय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म कायम रहेको थियो ।

सम्बन्धित खबर

सिफारिस