प्रतिबन्ध भयो ‘पब्जी’ खेल !

दियो पोस्ट  

काठमाडौँ, चैत २८ । नेपालमा (पब्जी) खेल प्रतिबन्ध भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको विशेष आग्रहमा नेपाल दूरसञ्चार प्रधाकिरणले पब्जी खेल प्रतिबन्ध गर्न लगाएको हो । प्रहरीको आग्रहमा प्राधिकरणले आजैबाट इन्टरनेट सेवा प्रदायकहरुलाई पब्जी खेल डाउनलोड र खेल्ने कार्य लागि रोक्न‍ निर्देशन दिएको छ ।

पब्जीको लतमा परेकाहरूले आफ्नो दैनिकी बिर्सिन थालेका छन्। खान खान बिर्सिने, स्कुलमा दिएको गृहकार्य बिर्सिएर एकोहोरो त्यही गेम खेलेर समय बिताउने गरेको छन्। त्यथ्यांकअनुसार यसको लत लागेको मान्छेले थोरैमा पनि पाँच घण्टा यसमा बिताउने गरेको पाइएको छ। यो गेम ब्याटल अर्थात् रणभूमि र त्यसमा हुने लडाइँसँग सम्बन्धित भएकाले पनि यसको नकारात्मक असर खेल्नेलाई परिरहेको जनाइएको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार जो बालबालिका मारकाटसँग सम्बन्धित खेल खेल्छन्, उनीहरूको विचार, सोचाइ र इमोसन पनि आक्रामक हुने गरेको छ। साथै अरूलाई सहयोग गर्ने भावनामा पनि कमी आउने उल्लेख छ।