काठमाडौं, चैत २९ । सरकारले यही बैशाख एक गते त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थललाई ‘बुटिक विमानस्थल’ घोषणा गरी निमार्ण कार्यको थालनी गर्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसर पारेर यही बैशाख १ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थल बनाउने औपचारिक घोषणा गरी निर्माण कार्यको सुभारम्भ गरेका हुन् ।
त्यसका लागि आवश्यक तयारी पूरा भएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२० मा आयोजना हुने नेपाल भ्रमण वर्षलाई समेत सफल बनाउने गरी नेपालको कला, संस्कृति र ऐतिहासिकमा झल्कने गरी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलको रुपमा विकास गर्ने घोषणा गरेका थिए ।
सोही घोषणालाई साकार बनाउने गरी बुटिक विमानस्थल निर्माण कार्यको सुशारम्भ बैशाख १ गते एक कार्यक्रमकमा बीच प्रधानमन्त्री ओलीले गर्नु हुने पनि महाप्रबन्धक क्षेत्रीले बताए ।
विमानस्थलले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलको रुपमा विकास गर्न अल्पकालिन र दीर्घकालीन योजनाहरु पनि तय गरेको छ । महाप्रबन्धक क्षेत्रीले अल्पकालीन योजना अन्तरगत विमानस्थलको सरसफाई, गमलामा पानी राख्ने, नेपालको संस्कृति झल्कने गरी सजावट गर्ने काम सुरु गरिएको पनि बताए ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थल बनाउन नेपाल नागरिक उडड्यन प्राधिकरणले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई हाल ७ करोड ५० लाख बजेट उपलब्ध गराएको छ । विमानस्थलका महाप्रबन्धक क्षेत्रीले बुटिक विमानस्थलका लागि ४५ करोड थप बजेट पनि विनियोजन भएको पनि जानकारी दिए ।
एक वर्ष भित्र बुटिक विमानस्थलको रुपमा विकास गर्न लागिएको सो विमानस्थलको भवनहरुको छानोपनि नेपाली कला र संस्कृति झल्कने खालको हुने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ ।
सरकारले पर्यटन क्षेत्रको विकास गरेर मुलुकलाई समृद्ध बनाउने संकल्प लिएको छ । त्यसका लागि पर्यटकहरु भित्रयाउन विमानस्थललाई बुटिक विमानस्थलको रुपमा विकास गर्न लागिएको पनि महाप्रबन्धक क्षेत्रीले बताए ।