पाकिस्तानमा बम विस्फोट , २० जनाको मृत्यु , ४० जना घाइते

पाकिस्तानमा बम विस्फोट , २० जनाको  मृत्यु , ४० जना घाइते

इस्लामाबाद,चैत २९ । पाकिस्तानको क्वेटा सहरस्थित बम विस्फोट हुँदा कम्तिमा २० जना मारिएका छन् । अरु ४० जना घाइते भए ।प्रदेश अधिकारीका अनुसार सहरमा रहेको अल्पसंख्यक हजारा समुदायमाथि लक्षित गर्दै आक्रमण भएको हो ।

घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको पनि अधिकारीहरुले जनाएका छन् ।शुक्रबार बिहानै ठूलो संख्यामा हजारा समुदायका मानिसहरु तरकारी किनमेल गरिरहेको अवस्थामा विस्फोट भएको मिडियाले उल्लेख गरेका छन् ।

हजारा समुदाय सिया मुस्लिम जातिभित्रको अल्पसंख्यक समुदाय मानिन्छ ।‘हजारा समुदायका मानिसहरु हरेक बिहान किनमेल गर्न हरेक बिहान बजार जाने गर्छन् । र हामीले सुरक्षा दिँदैआएका छौँ ।’ क्वेटा प्रहरी प्रमुखको हवाला दिँदै अलजजिराले उल्लेख गरेको छ ।

प्रहरीले उक्त घटना विस्फोट हो वा आत्मघाती हमला हो भन्नेबारे जानकारी पाइनसकेको पनि बताएको छ । सरकारी तथ्यांक अनुसार सन् २०१३ देखि ५ सय ९ जना सिया मुस्लिम जातिका मानिस यस्तै हमलामा मारिइसकेका छन् । तीमध्ये अधिकांश हजारा समुदायकै छन् । यस घटनामा अहिलेसम्म कुनै पनि समूहले जिम्मेवारी लिइसकेको छैन ।एजेन्सी

Facebook Comments

Trending News