सुडानको सङ्क्रमणकालीन सैनिक परिषद्ले पूर्ववर्ती सरकारका सदस्यहरूलाई गिरफ्तार गरेको छ।
उसले कैयौँ हप्तादेखि प्रदर्शन गर्दै आएका प्रदर्शनकारीलाई तितरबितर नपार्ने प्रतिबद्धता जनाएको छ।
परिषद्का एकजना प्रवक्ताले विपक्षीहरूलाई नयाँ प्रधानमन्त्री छान्न आग्रह गर्दै त्यसलाई कार्यान्वयन गर्ने जनाएका छन्।
पक्राउ गरिएको थियो।
गैरसैनिक सत्ताका लागि तत्काल कदम नचालिएसम्म सडकमा प्रदर्शन जारी राख्ने प्रदर्शनकारीले अडान लिएका छन्।
आइतवार एउटा पत्रकार सम्मेलनमा परिषद्का प्रवक्ता मेजर जेनरले शम्स अद्दिन शान्तोले गैरसैनिक सरकार र विपक्षी दलहरूले गर्ने जुनसुकै सहमति कार्यान्वयन गर्न परिषद् ‘तयार रहेको’ बताए।
विपक्षी र प्रदर्शनकारी समूहतर्फ इङ्गित गर्दै उनले भने, “हामीले प्रधानमन्त्री नियुक्त गर्नेछैनौँ। उनीहरूले नै चयन गर्नेछन्।”
सेनाले बल प्रयोग गरी प्रदर्शनकारीहरूलाई धर्नाबाट नहटाउने पनि उनले बताए।
तर मानिसहरूको सामान्य दैनिक शुरू गर्न दिन र सडक अवरोधहरू हटाउन प्रदर्शनकारीहरूलाई उनले आग्रह गरे।
सैनिक परिषद्ले कैयौँ निर्णय गरिएको पनि जनाएको छः
महँगीको विरोधमा गत डिसेम्बरमा प्रदर्शन शुरू भएको थियो, तर बिस्तारै राष्ट्रपति बशीरको राजीनामा माग्नेगरी अघि बढ्न थाल्यो।
करिब तीस वर्षदेखि सत्तामा रहिआएका बशीरलाई गत बिहीवार सेनाले पदच्युत गरी गिरफ्तार गर्यो।
‘कू’ को नेतृत्व गरेका रक्षामन्त्री अवाद इब्न औफले सेनाले दुई वर्षको सङ्क्रमणकालमा सेनाले नेतृत्व गर्ने घोषणा गरे र तीन महिने सङ्कटकाल लगाए।
तर अविलम्ब गैरसैनिक सरकारको माग गर्दै प्रदर्शनकारीले आन्दोलन जारी राख्ने बताए। भोलिपल्ट इब्न औफ र सेना प्रमुख जेनरल सलाह गोशले पद छाडे।
लेफ्टिनेन्ट जेनरल अब्देल फताह अब्देलरहमान बुर्हानले सङ्क्रमणकालीन सैनिक परिषद्को प्रमुख घोषणा गरियो। बीबीसी नेपालीसेवाबाट