सोमबार विहानै बझाङ केन्द्र बनाएर भूकम्प

दियो पोस्ट  

बझाङ, वैशाख २ । बझाङको जयपृथ्वी नगरपालिका केन्द्रबिन्दु भएर सोमबार बिहानै ४.८ रेक्टर स्केलको भूकम्प गएको छ ।

गोरखाको बारपाक केन्द्रबिन्दु भएर २०७२ बैशाख १२ गतेको भूकम्पपछि त्यसकै परकम्प गइरहे पनि यो भूकम्प नयाँ भएको राष्ट्रिय भूकम्प मापन केन्द्रका वैज्ञानिक चिन्तन तिमिल्सिनाले बताए । आसपासका जिल्लासम्म पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।