अन्डर १९ विश्वकप क्रिकेट प्रतियोगिताको एशिया छनोट प्रतियोगितामा नेपालले मलेशियालाई आठ विकेटले पराजित गरेको छ।
यो विजयसँगै नेपाल अङ्कतालिकामा दोस्रो स्थानमा पुगेको छ।
स्पिनरद्वय पवन सर्राफ र कुशल मल्लले तीन-तीन विकेट लिएपछि नेपालले आयोजक मलेशियालाई ३३.५ ओभरमा ९२ रनमा सीमित पार्यो।
दोस्रो इनिङ्समा ब्याटिङ गर्दा नेपालले १९ ओभरमै लक्ष्य पूरा गर्यो। प्रारम्भिक ब्याट्सम्यान रित गौतमले ३९ रन बनाए भने आसिफ शेख र सराफले क्रमश: २६ र १९ रन बनाए।
ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट खेल प्रदर्शन गरेका सर्राफ ‘प्लेयर अफ द म्याच’ घोषित भए।
उनले ८.५ ओभर बलिङ गर्दा १३ दिएर तीन विकेट लिएका थिए्
टस जितेर फिल्डिङ रोजेको नेपालले सुरुदेखि नै मलेशियालाई दबावमा राखेको थियो।
कमल सिंह ऐरीले मलेशियाका प्रारम्भिक ब्याट्सम्यान असलम खानलाई तेस्रो बलमै आउट गरेपछि मलेशिया खाता खोल्नअघि नै दबावमा परेको थियो।
ऐरीले वान अमिरुललाई पनि सात रन बनाएपछि पभेलियन फर्काइदिएका थिए।