गोरखा, वैशाख २ । नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपाकी गोरखा जिल्ला सदस्य अन्जु कुमाल पक्राउ गरेकी छिन् । जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको टोलिले उनलाई गोरखा नगरपालिका ८ आयुर्वेद चोक नजिकैबाट पक्राऊ गरेको हो । उनको साथबाट पार्टीका केही दस्तावेज र किताब बरामद गरिएको जिल्ला प्रहरी प्रमुख एसपी भोला रावलले बताए । कुमाल पार्टी निकट अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य हुन् ।