पोर्चुगलमा पर्यटक बस दुर्घटनामा कैयौँको मृत्यु(भिडियोसहित)

दियो पोस्ट  

पोर्चुगलको मडिरा टापुमा एउटा पर्यटक बस दुर्घटनाग्रस्त हुँदा कैयौँ पर्यटकको ज्यान गएको छ।

पोर्चुगलका सञ्चारमाध्यमहरूका अनुसार कम्तीमा २८ जनाको ज्यान गएको छ।

मृत्यु हुनेमध्ये १७ जना महिला र ११ जना पुरुष छन्। दुर्घटनामा अन्य २८ जना घाइते भएका छन्।

जर्मन पर्यटकहरू सवार बस सडकबाट तल खसेको थियो।

कारण

घटनास्थलमा शवहरूलाई सेतो कपडाले छोपेको भिडिओ फूटेजमा देखिन्छ।

जर्मन पत्रिका बिल्डका अनुसार बसमा ५५ जना यात्रु सवार थिए र कनिसो नगर नजिक दुर्घटना भएको थियो।

बस

पोर्चुगलका सञ्चारमाध्यमले घरहरू नजिकै बस पल्टिएको अवस्थामा देखाएका छन्।

स्थानीय समय अनुसार साँझ साढे छ बजे एउटा चोकमा चालकले नियन्त्रण गुमाउँदा बस सडकबाट तल खसेको थियो।

नगर प्रमुखले एसआइसी टीभीलाई भने, “घटनाबारे वर्णन गर्न मसँग शब्द छैन। यी मानिसहरूको पीडालाई म हेर्न सक्दिनँ।”

दुर्घटनाबारे अनुसन्धान थालिएको अधिकारीहरूले बताएका छन्।

रोयटर्स समाचार संस्थाका अनुसार पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले जर्मन चान्सलर एंगेला मर्केललाई समवेदना सन्देश पठाएका छन्।विविसीबाट

भिडियो:-