के यो तस्विर साँच्चै मोदीको चुनावी र्यालीको हो त ? यस्तो छ वास्तविक रहस्य

दियो पोस्ट  


बीबीसी । चुनावी माहोलमा नेता कार्यकर्ताहरु आ–आफ्नो पार्टीको शक्ति र जनताको समर्थन देखाउनका लागि आफुसँग अत्याधिक जनताको साथ रहेको बताउने गर्दछन् । वास्तविक रुपमा आफुसँग जनताको समर्थन कति छ भन्ने कुरा थाहा नभई हचुवाका भरमा जनताको समर्थनको धाक देखाउनु नेता र सम्वन्धित कार्यकर्ताका लागि सामान्य कुरा नै हो । पछिल्लो समय सामाजिक संञ्जालले यसलाई थप सहज बनाइदिएको छ । विभिन्न समयमा र विभिन्न सन्दर्भमा एकजुट भएका जनताहरुको तस्वीरलाई सामाजिक संजालमा आफ्नो समर्थनमा जनताहरुको उपस्थिती भएको भनि भ्रमपुर्ण तथ्यहरु सार्वजनिक भइरहेका छन् ।

भारतमा निर्वाचन पश्चात मतगणनाका कार्यहरु अगाडी बढ्दै गर्दा यस्तै तस्वीरहरु सामाजिक संञ्जालहरु छरपस्ट भएका छन् । यतिखेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको समर्थनमा सडकमा उत्रिएका जनताहरुको भिड भन्दै भ्रामात्मक तस्वीरहरु सामाजिक संजालहरुमा भाइरल भएका छन् । बौद्ध भिक्षु र करिब २ किलोमिटर सम्म भनिएको लाम नरेन्द्र मोदीको पश्चिम बंगालमा भएको चुनावी जनसभा बताएर सेयर गरिँदैछ ।

दक्षिणपन्थी रुझान भएको सोसल मिडिया ग्रुपमा केही मानिसहरुले यो तस्बिर पश्चिम बंगालमा ११ अप्रिलमा भएको पहिलो चरणको मतदान अघिको दाबी गरिरहेका छन् ।

धेरैजसो सोसल मिडिया प्रयोगकर्ताले यो तस्बिरलाई मोदीको कूच विहारमा भएको चुनावी –याली बताइरहेका छन् ।

नरेन्द्र मोदी २०१९ नामको पब्लिक ग्रुपमा एक प्रयोगकर्ताले लेखे, ‘यो पश्चिम बंगालमा भाजपाका –यालीको दृश्य हो । कूच बिहारको –याली । आज त ममता बेनर्जीको निन्द्रा नै भंग भयो होला ।’ भाजपा अध्यक्ष अमित शाहले पश्चिम बंगाल भाजपालाई राज्यको ४२ मध्ये कम्तीमा २३ सिट जित्ने दावी गरेका छन् ।

पार्टीका वरिष्ठ नेता अनुसार भाजपाका केन्द्रीय नेतृत्व यसपटक पश्चिम बंगालमा विशेष ध्यान दिइरहेको छ । तर बीबीसीको अनुसन्धानले भने सो तस्वीर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनसभाको नभएको जनाएको छ । अनुसन्धानअनुसार यो तस्बिरको भारतीय जनता पार्टीको कुनै पनि कार्यक्रमसँग सम्बन्ध छैन ।

तस्बिरको वास्तविकताः

पश्चिम बंगालको कूच बिहारमा मोदीले ७ अप्रिल २०१९ मा चुनावी जनसभा गरेका थिए । तर रिवर्स इमेज सर्चबाट पत्ता लागेअनुसार जुन भाइरल तस्बिरलाई मोदीको –याली बताइएको छ त्यसलाई सन् २०१५ मा पहिलो पटक इन्टरनेटमा अपलोड गरिएको थियो ।

आफ्नो अनुसन्धानमा बीबीसीले यो तस्बिर भारतको नभई थाइल्याण्डको मध्यमा रहेको समुत साखोन प्रान्तको बताएको छ । यो तस्बिरमा बौद्ध धर्मका प्रचार–प्रसार गर्ने वेबसाइट ‘डीएमसी डट टिभी’ ले २६ अक्टोबर २०१५ मा पोष्ट गरेको थियो ।

डिएमसी अर्थात् ‘धम्म मेडिटेशन बुद्धिज्म’ एक मिडिया नेटवर्क हो । यो वेबसाइट अनुसार यसले बौद्ध धर्मसँग जोडिएका सांस्कृतिक कार्यक्रम सार्वजनिक गर्छ ।


करिब २० लाख बौद्धको समारोहः

डिएमसीका अनुसार थाइल्याण्डमा बौद्ध धर्म मान्नेहरुले ‘भिक्षा–अर्पण गर्ने एउटा ठूलो उत्सव’ को आयोजना गर्छ । सन् २०१५ मा भएको यस्तै प्रकारको एउटा आयोजना थियो जसमा करिब १० हजार बौद्ध भिक्षु समावेश भएका थिए । यो कार्यक्रममा संलग्न हुनेहरुको संख्या करिब २० लाख बताइएको छ ।

वेबसाइट अनुसार थाइल्याण्डको ९ बढी प्रान्तका बौद्ध भिक्षु, सरकारी कर्मचारी र सैनिक यो कार्यक्रममा पुगेका थिए । २६ अक्टोबर २०१५ मा डिएमसी डट टिभीले यो विशाल आयोजनाको करिब ७० अन्य तस्बिर पनि पोष्ट गरेका थिए ।वेबसाइटका अनुसार यो सांस्कृतिक कार्यक्रमको आयोजना समुत साखोन सेन्ट्रल स्टेडियमको अगाडिको सडकमा भएको थियो ।

गुगल अर्थ वेबसाइटको मद्दतले नै बीबीसीले ‘डिएमसी डट टिभी’ वेबसाइटका यो समारोहको लोकेशनसँग जोडिएको दाबीको पुष्टि गर्यो ।बीबीसीले स्ट्रीट भ्यूमार्फत उक्त बिल्डिङबारे सर्च गर्यो जुन भाइरल तस्बिरमा देखिन्छ ।

पहिले पनि गरिएको थियो गलत दाबीः

सोसल मिडियामा यो तस्बिरलाई गलत सन्दर्भसहित सेयर गरिएको यो पहिलो घटना होइन । सन् २०१८ मा पनि यो तस्बिरलाई ‘भारतीय हिन्दुको तस्बिर बताएर सेयर गरिएको थियो ।

तर थाइल्याण्डको यो फोटोसहित गरिएको यो सबै दाबी गलत रहेकाे बताइएकाे छ ।