भारतीय कांग्रेसका नेता हार्दिक पटेललाई मञ्चमै थप्पड (भिडियोसहित)

दियो पोस्ट  

भारतीय कांग्रेसका नेता हार्दिक पटेलले गुजरातमा थप्पड खाएका छन्। शुक्रबार पटेललाई स्थानीय एक व्यक्तिले भाषण गर्दागर्दै मञ्चमै झापड हानेका हुन्।

नेतामाथि झापड प्रहार गर्ने व्यक्तिलाई मानिसहरूले बेस्सरी कुटपिट गरेका थिए। उनलाई बचाउन प्रहरीलाई हम्मेहम्मे परेको थियो।

नेता पटेललाई झापड हानेको भिडियो अहिले भारतमा भाइरल भइरहेको भारतीय मिडियाले जनाएका छन्। भिडियोमा पटेलले सभालाई सम्बोधन गरिरहेका छन्, त्यसैबेला एक व्यक्ति नजिकै आउँछन् र पटेलको गालामा झापड हान्न थाल्छन्। त्यही बेला मन्चमा रहेका मानिसहरुले झापड हान्ने व्यक्तिलाई समात्छन् र पिट्न थाल्छन्।

दुई दिनअघि मात्र भारतीय जनता पार्टीका प्रवक्ता जीवीएल नरसिम्हा रावमाथि जुत्ता प्रहार भएको थियो। एजेन्सी

भिडियो:-