काठमाडैँ,वैशाख ६ । धर्म निरपेक्षता लेखेको ब्यानर जलाउने राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ ।
काठमाडौंको शान्तिवाटिकामा आयोजित राप्रपाको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी केही नेता, कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले राप्रपा केन्द्रीय सदस्य रेवती कार्की, भक्तपुर जिल्ला उपाध्यक्ष राम न्यौपाने, विद्यार्थी संगठनका अध्यक्ष महेश सिंह, महासचिव जनक फडेरा, युवक संगठनका उपाध्यक्ष मणि शिंखडा, कोषाध्यक्ष गुणराज राजभण्डारीलगायतलाई पक्राउ गरेको पार्टी प्रभार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
विभिन्न २२ बुँदे माग राखेर सरकारविरुद्ध आन्दोलनमा उत्रिएको राप्रपाले घोषित विरोधका कार्यक्रम अन्तर्गत शुक्रबार धर्म निरपेक्षता लेखेको ब्यानर जलाएको हो ।