श्रीलंकाली राजदूत पेरेरा र भिटोफ नेपालबिच भेटघाट

दियो पोस्ट  

काठमाडौँ,वैशाख ६ । श्रीलंकाली राजदुत स्वर्ण पेरेराले पर्यटनले नेपाल र श्रीलंकालाई जोडन महत्वपुर्ण भुमिका खेलेको बताउनु भएको छ ।

बिहीबार महाराजगंज स्थित श्रीलंकाली दुताबासमा भिटोफ नेपालको टिमबिच भेटघाटका क्रममा राजदूत पेरेराले दुबै देश सुन्दर पर्यटकीय गणतव्य भएकाले एक अर्काको कला, संस्कृति, इतिहास, प्राकृतिक सौन्दर्य लगायतका विषय नजिकबाट बुझन आवश्यक रहेको बताउनु भयो ।

उहाँले दुबै राष्ट्रबिच प्राचिन कालदेखिनै सास्कृतिक तथा धार्मिक निकटता भएको र सौहार्दपुर्ण मैत्री सम्बन्ध अझै प्रगाढ हुँदै जाने विश्वास व्यक्त गर्नु भयो ।
“गौतम बुद्ध नेपालमा जन्मेकोले नेपाल हाम्रो लागि एउटा पवित्र भुमि हो, श्रीलंकाली जनता त्यसैले नेपाल आउन लालाहित छन । गत वर्ष मात्र सात हजार श्रीलंकाली पर्यटक नेपाल आएका थिए,” उहाँले उल्लेख गर्नु भयो ।

अन्त्यमा राजदुत पेरेराले श्रीलंकाली पर्यटनका विषयमा कुनै जिज्ञासा भएमा, पुर्व सुचना सहित आफु हरदम नेपाली पर्यटन व्यवसाहीहरुसंग भलाकुसारी गर्न तयार रहेको जानकारी गराउनु भयो ।

विटोफ नेपालका अध्यक्ष ध्रव सिम्खडाले श्रीलंकाली पर्यटकहरुलाई नेपालका सुन्दर गा्रमिण क्षेत्रहरुको भ्रमण गर्न दुताबास मार्फत आग्रह गर्दै, दुबै राष्ट्रका पर्यटन व्यवसाहीहरुबिच भेटघाटको वातावरण सृजना गर्नु पर्नेमा जोड दिनु भयोे ।

भिटोफ नेपालका उपाध्यक्ष व्दय दिपक दाहाल, गोपाल थापा, महासचिव जस्फा पाण्डे, कोषाध्यक्ष राज कुमार धमला, सल्लाहकारहरु रवि जंग पाण्डे, लेखनाथ भण्डारी तथा सदभावना दुत लक्ष्मी पुन सहित १५ जनाको टिम भेटघाटमा सहभागी भएको थियो ।
श्रीलंका र नेपालबीच सन १९५७ मा कुटनितीक सम्बन्ध कायम भएको थियो ।

यही सन २०१७ मा दुबै राष्ट्रले कुटनैतिक सम्बन्धको ६०औँ बर्षगाठ मनाएको छन ।
२०७२ को विनाशकारी भुकम्प पश्चात श्रीलंकाली सरकारले राजधानीमा रहेको आनन्द कृति विहार र बुंगमती मंदिर पुर्ननिमार्ण गर्न सहयोग पु¥याएको छ ।