काठमाडौ,वैशाख ६ । नेपाली चलचित्रको क्षेत्रमा निकै चर्चा कमाउन सफल अभिनेता आर्यन सिग्देल बुबा बनेका छन् ।
शुक्रबार उनकी श्रीमती सपना भण्डारीले छोरोलाई जन्म दिएकी हुन् । आमा र बच्चा दुबैको अवस्था अहिले राम्रो रहेको छ ।
बिवाहको पाँच वर्षमा उनको घरमा सन्तान लाभ भएको हो । आर्यन र सपनाले प्रेम बिवाह गरेका थिए । सन्तान सहितको फोटो आर्यनले सामाजिक सञ्जालमा पनि शेयर गरेका छन् । सन्तान हातमा लिँदा आर्यन निकै खुसी देखिएका छन् ।