घोराही,वैशाख ६ । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत दाङको बेलझुण्डी रङ्गशालामा महिला फुटबल चलिरहेको छ ।
यही वैशाख ४ गतेदेखि शुरु भएको महिला फुटबलअन्तर्गत आज बिहान भएको खेलमा नेपाल प्रहरीकी निरु थापाले ह्याट्रिक गरेकी छन् ।
बिहान प्रदेश नं ५ र नेपाल प्रहरीबीच भएको खेलमा जर्सी नम्बर १४ की थापाले लगातार तीन गोल गरेकी हुन् ।
यस्तै महिला फुटबलमा नेपाल प्रहरीकै जर्सी नम्बर ५ की अमृत जैसीले दुई गोल र जर्सी नम्बर ७ की निर्मला थापाले एक गोल गरेकी छन् ।
खेलमा ६–०ले नेपाल पुलिस विजयी भएको छ । प्रदेश ५ ले एउटा पनि गोल गर्न सकेन ।
अपराह्न ३ बजेदेखि प्रदेश २ र प्रदेश ३ बीच खेल चलेको जिल्ला फुटबलसँग दाङका अध्यक्ष सुशील श्रेष्ठले जानकारी दिए । रासस