तनहुँ, वैशाख ७ । जंगलबाट ल्याएको भ्याकुर खाँदा तनहुँमा १० जना बिरामी परेका छन् ।
तनहुँको व्यास नगरपालिका ६ कलेस्तीमा रहेको जंगलबाट ल्याएको वन भ्याकुर खाँदा बिरामी परेका व्यास १ गल्फुबेशीका १० जनाको दमौली अस्पतालमा उपचार भैरहेको छ ।
बिरामी हुनेहरूमा ३५ वर्षीया सिता पहाडी, ३३ वर्षीया खुसी गुरुङ, १२ वर्षीया गिता गोदार, ४० वर्षीय मायाँ राना, ३१ वर्षीया गुनुमाया गुरुङ, ४० वर्षीया चन्द्रकला गुरुङ, ५० वर्षीय मिश्र गोदार, ९ वर्षीया सम्पन्न गुरुङ, ५२ वर्षीय श्रीबहादुर गुरुङ र ३६ वर्षीया माया गुरुङ रहेको तनहुँ प्रहरीले जनाएको छ ।
उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक कृष्ण बानियाले जानकारी दिए ।