काठमाडौं, वैशाख ८ । नेप्से परिसुचक आज आईतबार ३१ दशमलव ८९ अंकले बढेको छ । काज परिसुचक झण्डै ३२ अंकले बढेर १२ सय ६४ दशमलव २० बिन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
आज नीर्जीवन बीमा र उत्पादनमूलक समूहबाहेक सबै समूहको उप–सुचक बढेको छ । १ सय ७१ कम्पनीहरुको कारोबारमा आज कारोबार रकम पनि आज १ अर्ब नाघेको छ । आज १ अर्ब २ करोड ४ लाख ३३ हजार ४ सय ३९ रुपैयाको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
आज स्ट्याण्डर्ड चार्टर बैक, नेपाल एसबीआई बैंक र स्वदेशी लघुवित्त कम्पनीका लगानीकर्ताले झण्डै १० प्रतिशत नाफा कमाएका छन् । आज सवैभन्दा धेरै नेपाल बैक लिमिटेडको शेयर १४ करोड, ८० लाखभन्दा धेरैको कारोबार भएको छ ।