आठौंमा राष्ट्रिय खेलकुदमा आज १६ खेल हुँदै

दियो पोस्ट  

काठमाडौं, वैशाख ९ । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत आज सोमबार १६ खेल हुदैछ । दाङको बेलझुण्डीमा एथ्लेटिक्सका विभिन्न स्पर्धामा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

पुरुष महिलाको म्याराथनसंंगै ४ सय मिटर हडर्स, ८ सय मिटर दौडको फाईनल र ४ बाई सय मिटरको महिला पुरुषको फाईनल खेल हुनेछ ।

भैरहवाको ब्याडमिन्टन कभर्डहलमा तेक्वान्दोका खेल हुनेछन् भने दाङको तुल्सीपुरस्थित कराँतेहलमा कराँतेको खेल सञ्चाल हुनेछन् ।

नेपालगञ्जको नगरभवनको हलमा भारोत्तोलनका अन्तिम दिनका खेलहरु हुनेछन् ।

बाँकेको खजुरा भलिवल एकेडेमीमा महिला र पुरुष भलिवलका खेलले निरन्तरता पाउनेछन् ।

नेपालगञ्ज कभर्डहल परिसरमा उसु, ह्यान्डबलका खेल हुनेछ ।

नेपालगञ्जकै महेन्द्र रंगशालामा आईटिएफ तेक्वान्दो र सुटिङरेञ्जमा सुटिङका खेल हुनेछन् ।

नेपालगञ्जस्थित जुडो हलमा जिम्न्याष्टिकको खेल हुनेछन् ।

बुटबलमा सफ्ट टेनिसमा हुदाँ कोहलपुर, लमही र रुपन्देहीमा क्रिकेटका खेल हुनेछन् ।

बर्दियामा सेपाकताक्रोको सेमिफाईनलका खेल हुनेछन् ।

बर्दियामै खोखोका बाँकी खेल सञ्चालन गरिदाँ नेपालगञ्जमा पौडी र पोखरामा प्याराग्लाईडिङका बाँकी खेल चल्नेछन् ।