काठमाडौँ,वैशाख ९ । तारा एयरको विमान रामेछापको मन्थली विमानस्थलमा दुर्घटना भएको छ। तारा एयरको एन एकेके कल साइनको ट्विनेटर विमान टायर पन्चड (ल्यान्डिग गियर फेल) भएपछि दुर्घटना भएको हो।
जहाज रनवेबाट चिप्लिएको भन्ने खबर स्रोतले बताएपनि क्षतिको अन्य विवरण आउन बाँकी छ। राजधानी त्रिवि विमानस्थलमा निर्माणकार्य भइरहेकाले विमानहरूले लुक्लाका लागि मन्थलीबाट उडान भर्दै आएका छन्। यस अगाडि बैशाख १ गते लुक्लामा समिट एयरको जहाज दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो।
सोलुखुम्बुको तेञ्जिङ हिलारी विमास्थलमा ९एन(एएमएच कलसाइनको जहाज धावनमार्गबाट चिप्लिदा दुर्घटना भएको हो। लुक्लामा पर्यटक छाडेर रामेछाप फर्किने क्रममा धावन मार्गमै समिट एयर चिप्लिएको थियो। उक्त जहाजले मनाङ एअरको हेलिकोप्टरलाई ठक्कर दिएको थियो।