गौरिकाले जितिन् १२ स्वर्ण

दियो पोस्ट  

काठमाडौँ,वैशाख ११ । ओलम्पियन तथा कीर्तिमानी पौडीवाज त्रिभुवन आर्मी क्लबकी गौरिका सिंहले आठौं राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय पौडी च्याम्पियनमा १२ स्वर्ण जित्दै कीर्तिमान बनाएकी छन् ।

गौरिकाले पहिलो र दोस्रो दिन २/२ स्वर्ण जितेकी थिइन् भने तेस्रो दिन (आज) ४ स्वर्ण जितेकी हुन् । यो सँगै उनको आठौं राष्ट्रिय खेलकुदमा १२ स्वर्ण पुगेको हो ।