विमान दुर्घटनामा निधन भएका कार्डिफ सिटीका फरवार्ड इमिलियानो सालाको बुबाको निधन भएको छ ।
तीन महिना अघि विमान दुर्घटना निधन भएका सालाको बुबा होरासिओ सालाको शुक्रबार निधन भएको हो ।
सालाको निधन भएको तीन महिना नबित्दै हृदयघातको कारण सालाको बुबाको निधन भएको अन्तराष्ट्रिय समचारसंस्था मिररले जनाएको छ । बिहिबार राति हृदयघात भएर उनको निधन भएको स्थानीय मेयरले पुष्टि गरेका छन् ।
‘२०१९ मा यस ठाउँमा अकल्पनिय घटनाहरु घटिरहेको छ,’ मेयर जुलियो मुलारले भने, ुविहान ५ बजे उनको श्रीमतीले मलाई बोलाए र उनी अत्यन्तै निराश थिए ।
त्यहाँ डाक्टरहरू थिए तर म उनीहरूको घरमा आइपुग्दा उनको निधन भईसकेको थियो ।ु
अर्जेन्टिनाका स्ट्राइकर साला फ्रेन्च क्लब नान्टेसबाट प्रिमियर लिग क्लब कार्डिफ सिटीमा महँगो मुल्यमा सरुवा भएका थिए ।तर, कार्डिफतर्फ जाँदै गर्दा गत जनवरी २१ मा प्लेन दुर्घटना परेर सालाको निधन भएको थियो ।
साला चढेको विमान समुन्द्रमुनि दुर्घटना ग्रस्त अवस्थामा च्यानल आइसल्याण्डमा दुई सातापछि भेटिएको थियो । एजेन्सी ।