काठमाडौँ,वैशाख १४ । चौतर्फी विरोध पछि खुलामञ्चको उत्तरतर्फको क्षेत्रमा पसल राख्ने उद्देश्यले बनाएका संरचना काठमाडौँ महानगरपालिकाले भत्काउन सुरु गरेको छ ।

महानगरपालिकाले २०७१ मा खुलामञ्चको उत्तरतर्फको केही क्षेत्र साघुँर्याएर बसपार्क राख्न भाडामा दिएको थियो । त्यस क्षेत्रमा केही सटर बनेर भाडामा दिइसकिएको छ भने केही बन्दै गरेका थिए ।
