गुल्मी, वैशाख १४ । गुल्मीको मुसिकोट नगरपालिका ४ अन्र्तगत वडागाउँको दजाकोटमा दुषित पानीका कारण फैलीएको झाडापखालाका कारण विरामी हुनेको संख्या १ सय ६५ पुगेको छ । झाडापखाला अझै पनि नियन्त्रणबाहीर छ ।
विरामीहरु मध्ये शनिबारसम्ममा ३ जनाको गुल्मी अस्पताल तम्घासमा उपचार भैरहेको छ भने थप एक जनाको भरतपुर मेडिकल कलेज चितवनमा उपचार भैरहेको छ ।
अन्य विरामीहरुको भने दजाकोटमै संचालन गरिएको अस्थाई शिविरवाट नै उपचारपछि घर फर्कने गरेका मुसिकोट नगरपालीकाका स्वास्थ्य संयोजक डिबी जिसीले बताए ।
अस्पतालमा उपचारमा आएका पाँच जनाको दिसा परिक्षण गर्दा सबैको दिसामा एकै प्रकारको परजीवि देखिएकोले संक्रमण हुनसक्ने डाक्टरहरुले बताएका छन् ।