स्पेनिस ला लिगा लिगको उपाधि बार्सिलोनालाई

दियो पोस्ट  

फुटबल क्लब बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलको उपाधि उचालेको छ । शनिबार राति भएको खेलमा लेभान्तेलाई १–० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले २६ औ लिग उपाधि उचालेको हो ।

घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले विजयी गोल गरे । बैकल्पिक खेलाडीको रुपमा दोस्रो हाफमा मैदान छिरेका उनले ६२ औ मिनेटमा गोल गरेका थिए । सोही गोल बार्सिलोनालाई तीन खेल अगावै लिग जिताउन पर्याप्त बन्यो ।

बार्सिलोनाले ३५ खेलबाट ८३ अंक जोड्यो । उसले तीन खेल अगाडीनै दोस्रो स्थानको एट्लेटिको मड्रिडसंग ९ अंकको अग्रता लियो । एट्लेटिकोले समेत गए राति भएको खेलमा रियल भालाडोलिडलाई १–० गोल अन्तरले पराजित गरेको थियो ।बार्सिलोनाले आगामी बुधबार च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलको पहिलो लेगमा लिभरपुलसंग प्रतिस्पर्धा गर्दैछ। एजेन्सी ।