२५ हजार घुससहित वडाअध्यक्ष पक्राउ

दियो पोस्ट  

काठमाडौँ,वैशाख १६ । सप्तरीको सुरूङ्गा नगरपालिका ५ का वडाअध्यक्ष सिल्टु मियाँ २५ हजार रुपैयाँ घुस रकम सहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले जग्गा मोही छुटाउन सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस वापतको रकम लिईसकेको अवस्थामा वडा अध्यक्ष मियाँलाई पक्राउ गरेको हो ।

मियांमाथि अनुसन्धान थालिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन् ।