पाल्पामा जन्ती जिप दुर्घटना, पाँच जनाको मृत्यु

दियो पोस्ट  

पाल्पा,वैशाख १६ । पाल्पाको निस्दी गाउँपालिकामा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।

गाउँपालिकाको वडा नं। ७ भिरपानीकमा विवाहबाट हुवास फर्किदै गरेको लु १ ज १९४१ नम्वरको जिप सोमबार साँझ दुर्घटनामा परेको हो। दुर्घटनामा परी जिपमा सवार ५ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा निस्दी ७ का ४५ बर्षिय खड्ग बहादुर सोमै, सोही स्थानका ५५ बर्षिय देवीलाल खन्गाह, ४५ बर्षिय लाल बहादुर सारु, ५७ बर्षिय सन्त बहादुर सारु र चालक वुद्धिवल सोती रहेको ईलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरीक्षक भुपाल सिंह रानाले बताए। जिप अनियन्त्रित भई सडकबाट करिब ४ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। जिप अनियन्त्रित हुन थालेपछि जिपमा रहेका अन्य जन्तीहरु हाम फालेको प्रहरीले जनाएको छ।

जिपमा सवार बेहुलाबेहुली पनि हाम फालेर बाँचेको प्रहरीले जनाएको छ। थप उद्धार तथा अनुसन्धानको लागि तानसेनबाट प्रहरी टोली घटनास्थल तर्फ गएको छ। घटनास्थल सदरमुकाम तानसेनबाट करिव ७० किलोमिटर दक्षिणपूर्वमा पर्छ।