
काठमाडौँ, चैत १९ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । आज राति १२ बजेदेखि लागु हुने गरि निगमले पेट्रोलियम पदार्थको मुल्यमा प्रतिलिटर १० रुपैयाँ घटाएको हो ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उच्च गिरावट आएसँगै दक्षिण एशियाली क्षेत्रमा पनि मूल्य घटेको र भारतीय आयल निगमले मूल्य घटाएर पठाएपछि नेपालमा पनि मुल्य घटाएको हो ।
नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य ९६ रुपैयाँ प्रतिलिटर, डिजेल र मट्टितेलको ८५ र हवाई इन्धनको ७५ रुपैयाँ आन्तरिक र ९५० प्रतिकिलोलिटर पर्ने छ ।
एलपी ग्याँसको हालको मूल्य भने यथावत छ। घटेको मूल्य बुधबार राति १२ बजेदेखि लागू हुने छ ।
