
काठमाडौँ, चैत २७ । गत माघदेखि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाका सञ्चालनमा आएको छ । अत्यावश्यक सामग्री ल्याउन लागि बुधबार साँझदेखि नाका खोलिएको हो ।
पहिलो दिन १० बाकस सेनिटाइजर र १९ बाकस मास्क भित्रिएको छ । विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसारको हेल्थडेस्क राखेर नाका खोलिएको जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकले जनाएको छ ।
चीनमा कोरोना (कोभिड–१९)को संक्रमण बढेपछि १३ माघदेखि नाका बन्द थियो ।