बर्दियामा पाटेबाघको आक्रमणबाट माहुतेको मृत्यु

दियोपोस्ट संवाददाता

काठमाडौं , २३ चैत्र । बर्दियामा आइतबार एक जनाको हात्ती चराउँदै गरेका माहुतेको बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको आक्रमणमा परेर मृत्यु भएको छ ।

घाँस काट्ने क्रममा बाघको आक्रमणमा परी हात्तीसारका कर्मचारी ३१ वर्षीय माहुते पुलिसराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । रासस