शेयर बजारमा चलखेल गरेपछि अजोड इन्स्योरेन्सको कारोबारमा रोक, छानबीन गठन !

शेयर बजारमा चलखेल गरेपछि अजोड इन्स्योरेन्सको कारोबारमा रोक, छानबीन गठन !

काठमाडौं, २३ चैत्र । कम्पनिको सञ्चालक समितिको बैठक बसेर ५० प्रतिशत हकप्रद ल्याउने भन्दै सुचना चुहाएर शेयर बजारमा चलखेल गरेको आरोपमा अजोड इन्स्योरेन्समाथि छानबीन हुने भएको छ । धितोपत्र बोर्डले अजोडमाथि छानबीन गर्न समिति गठन गरेको छ ।


बोर्डले गत चैत्र १८ गते नै कारोबारको अवस्था, प्रारम्भिक सुपरिवेक्षणमा देखिएको विवरण र कारोबारसम्बन्धी विवरण पेश गर्न नेपाल स्टक एक्सचेन्जलाई पत्राचार गरेको थियो ।


धितो पत्र बजारले १९ गतेको पत्र मार्फत अजोड एन्स्योरेन्स लिमिटेडको हकप्रद शेयर निष्काशन गर्ने सुचना प्रकाशत अघि नै चैत्र १६ गते भएको धितोपत्र कारोबारमा १० प्रतिशत वृद्धि भइ सर्किट लागेको जवाफ सहितको पत्र बोर्डलाई दिएको छ । छानबीनका क्रममा अजोडले कुनैपनि भित्रि कारोबार गर्न प्रतिबन्ध लगाउने निर्णय समेत बोर्डले गरेको छ ।

Trending News