दीपाश्री निरौलाको फेसबुक ह्याक गरेको अभियोगमा एक किशोर पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौं,२४ चैत्र । अभिनेतृ दीपाश्री निरौलाको फेसबुक ह्याक गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् ।


केहीदिनअघि निरौलाको फेसबुक ह्याक भएको खुलाशा भएको थियो ।

उनका मित्र तथा अभिनेता दीपकराज गिरीले निरौलाको फेसबुक ह्याक भएको जानकारी दिएका थिए ।


दिपाश्रीको फेसबुक ह्यान्डलबाट ह्याकरले पैसा समेत मागेको खुलेको थियो । दीपाले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएकी थिइन् ।

मंगलबार प्रहरीले फेसबुक ह्याकमा समलग्न रहेको अभियोगमा पर्सा घर भएका १४ वर्षिय एक किशोरलाई पक्राउ गरेको हो ।