गण्डकी प्रदेशका दुइ माओवादी मन्त्रीहरुले बुझाए राजीनामा

गण्डकी प्रदेशका दुइ माओवादी मन्त्रीहरुले बुझाए राजीनामा

काठमाडौं, २५ चैत्र । गण्डकी प्रदेश सरकारमा रहेका दुइ जना मन्त्रीले राजीनामा गरेका छन् ।

प्रदेशका आन्तरिक मामला मन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था तथा कृषि मन्त्री लेखबहादुर मगरले राजीनामा दिएका छन् ।

बुधबार विहान बसेको माओवादी संसदीय दलको बैठकको निर्णय बमोजिम दुइ जना मन्त्रीहरुले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङसमक्ष राजीनामा बुझाएका हुन् ।

माओवादीले नयाँ सरकार समिकरणको प्रयासका लागि मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको हो ।

Trending News