
काठमाडौं, २७ चैत्र । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जना भन्दा बढी भेला हुन रोक लगाउन सरकारलाई सिफारिस गरेको छ ।
भारत लगायतका अन्य मुलुकहरुमा कोरोना भाइरसको दोस्रो लहर देखा परेपछि नेपालमा पनि त्यसको प्रभाव पर्नसक्ने अवस्थालाई मध्यनजर गर्दै मन्त्रालयले २५ जना भन्दा बढी भेला हुन रोक लगाउन सिफारिस गरेको हो ।
यसबारे कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) को आजै बस्ने बैठकले निर्णय गर्न सक्ने छ ।
कोरोना संक्रमणको दोस्रो लहर आएसँगै मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने स्थानमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउनुपर्ने निष्कर्ष निकालेको हो।