गण्डकी सरकार ढल्ने भएपछि सरकार जोगाउन राजिव पहारी दिपक मनाङ्गेको शरणमा !

गण्डकी सरकार ढल्ने भएपछि सरकार जोगाउन राजिव पहारी दिपक मनाङ्गेको शरणमा !

पोखरा, २ वैशाख । गण्डकी प्रदेश सरकार ढल्ने निश्चित भएपछि त्यसले राष्ट्रिय राजनीतिमा समेत नयाँ तरंग ल्याएको छ ।


राष्ट्रिय जनमोर्चाले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गरी सरकारविरुद्ध आउने अविश्वासको प्रस्तावलाई समर्थन गर्ने निर्णय गरेपछि प्रदेश राजधानी पोखरामा चलखेल र भेटघाट बढेको छ ।

कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्‍बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ताको तयारी थालेका छन्।

अब गण्डकी सरकार ढल्ने लगभग पक्कापक्की भएको छ। । जुन कुराबाट आत्तिएर नेकपा एमालेका प्रदेश सांसद राजिब पहारीले अर्का सांसद राजिब गुरुङ दिपक मनाङेसँग वार्ता गरेका छन् ।

मनाङेसँग वार्ता गरेको कुरा पहारीले सामाजिक सन्जालमार्फत सार्वजनिक गरेका छ्न्।

पहारीले लेखेका छन्, ‘अहिले माननीय सांसद राजिब गुरुङ ज्युसँग बर्तमान समसामयिक राजनैतिक परिस्थितिको बारेमा भलाकुसारि गर्दै।१ राजनैतिक घट्नाक्रमको बारेमा उहाँको सु(स्पष्ट दृष्टिकोण र प्रदेशमा राजनैतिक स्थायित्वको निम्ति चट्टानी अडान छ।’

पहारीले मनाङेको चट्टानी अडान के हो भन्ने बारेमा केही खुलाएका छैनन्। यद्धपी मनाङ्गेको साथ पाए गण्डकी प्रदेश सरकार जोगिने विश्वास लिएको बताइन्छ ।

गण्डकी प्रदेशमा सरकार परिवर्तन हुने हल्लासँगै मनाङेले अब एमालेलाई समर्थन नगरी आफुलाई मुख्यमन्त्रीको रुपमा दाबी गरेका छन्। मनाङे स्वतन्त्र सांसद हुन।

राष्ट्रिय जनमोर्चा केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले बुधबार गण्डकी सरकारविरुद्ध ल्याउने अविश्वास प्रस्तावलाई समर्थन गर्ने जनाएएका थिए।

प्रदेशसभाका कुल सांसदमध्ये १ चौथाइ अर्थात् १५ जनाले हस्ताक्षर गरे पनि अविश्वास प्रसताव दर्ता हुन्छ । यता,गण्डकीमा मुख्यमन्त्री कांग्रेसले पाउने अवस्था देखिएको छ।

कांग्रेस संसदीय दलको नेतालाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै बिहीबारै सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता तयारीमा भएको छ । कांग्रेस संसदीय दलको नेता कृष्णचन्द्र नेपाली हुन् ।

गण्डकी प्रदेशसभामा एमाले २७, कांग्रेस १५, माओवादी १२, राजमो ३ र जसपाका २ सांसद छन् । सरकार संचालनका लागि ३१ सांसद आवश्यक पर्नेमा स्वतन्त्रबाट जितेका दीपक मनाङेले अहिलेकै सरकारलाई समर्थन गरिरहेहेका छन् ।

तर, अब मनाङेले ठूला दलको समर्थन आफूहरूले लिने दाबी गर्न थालेका छन्।

सांसद बन्नु अघिसम्म गुण्डागर्दी र अपराधमा मुछिएका मनाङे सांसद बनिसकेपछि पनि मान्छे कुटेर जेल बसी निस्किएका व्यक्ति हुन।

Trending News