
काठमाडौं, २ बैशाख । गायक विशाल घिमिरे र गायीका ममता गुरुङको श्वरमा सजिएको ‘भेटौँ शनिबार’ सार्वजनिक भएको छ ।
विन्दबासिनि म्युजकको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गितको शब्द विशाल घिमिरेको रहेको छ । संगीत भर्नेकाम जिवन दहालले गरेका छन् भने आकाश नेपालीले संगीत सम्पादन गरेका छन् ।
मंगलबार सार्वजनिक गरिएको भिडियोमा दुर्गेश थापा र एलिना रायमाजिले अभिनय गरेका छन् ।