रहेनन् पुर्व मन्त्री सुवाल

रहेनन् पुर्व मन्त्री सुवाल

काठमाडौँ, ६ बैशाख । समाजसेवी एवं पूर्व स्वास्थ्य मन्त्री प्रयागराज सिं सुवालको आइतबार बेलुकी उनकै निवास झोछेँमा निधन भएको हो ।

९३ वर्षिया सुवाल प्रजातन्त्रका लागि लडेका पुराना नेताहरुमध्येका एक थिए । उनि लामो समय नेपाली काँग्रेसमा रही राजनीतिमा सक्रिय थिए ।

पञ्चायत कालमा स्नातकहरुमध्येबाट सांसद चुनिएका उनि कुनै बेला काठमाडौँ नगरको मेयर पनि थिए । उनले परोपकार संस्थाको अध्यक्षको भूमिका पनि निर्वाह गरेका थिए ।

उनका श्रीमती, दुई छोरा र एक छोरी छन् । दिवङ्गत सुवालको आज टेकू दोभानमा अत्येष्टि गरिने परिवारजनले जानकारी दिएको छ ।

Trending News