डाबर नेपालको रियल जुसमा बच्चा जस्तो देखिने दुर्गन्धित बस्तु भेटियो, विभागद्वारा छापा

डाबर नेपालको रियल जुसमा बच्चा जस्तो देखिने दुर्गन्धित बस्तु भेटियो, विभागद्वारा छापा

काठमाडौं, ६ वैशाख । अनामनगर निवासी सरिता (नाम परिवर्तन) ८ महिनाको गर्भवति छिन् । उनलाई आफ्नो भन्दा गर्भभित्र हुर्कदै गरेको सन्तानको असाध्यै माया लाग्छ । आमा स्वस्थ भए बच्चा पनि स्वस्थ हुन्छ भनेर उनलाई डाक्टरले सुझाएका छन् । आमाले जति तागतिलो खानेकुरा खायो त्यति नै राम्रो बच्च जन्मिन्छ भन्ने विशेषज्ञ डाक्टरको सुझावलाई पछ्याउँदै उनी अनारको जुस किन्न सिंहदरबार पूर्वीगेट नजिकैको बिगमार्टमा पुगिन् ।


बिगमार्टबाट उनले अनारको जुस किनिन् । रियल फ्रुट पावर लेखिएको एक लिटरको पामिग्र्यानेट (अनार) नामक एक लिटरको जुस लिएर घर फर्किइन् । त्यहीदिन बेलुका उनले जुस एक गिलास पिइन् । जुस पिएको रात उनले वान्ता गरेरै अनिदो बिताउनु पर्यो । तैपनि उनलाई जुसले नै आफूलाई वान्ता गराएको हो भन्ने लागेन । चुपचाप बसिरहिन् ।

तस्विर : दिनेश परियार

केहीदिन उनलाई त्यो जुस हेर्न पनि मन लागेन । जब आइतबार सोही जुस फेरी पिउन भन्दै गिलासमा खन्याइन् । बट्टामा केही हल्लिए जस्तो आवाज आयो । उनलाई जुस प्रति शंका लागेर चक्कुले बोटल चिरिन् । ‘जब मैले बोटल चक्कुले चिरेर हेरेँ । मेरो त होस् हवास नै उड्यो । बोटल भित्र त बच्चा जस्तो देखिने बस्तुले एक्कासी दुर्गन्ध नै फैल्यायो,’ सरिताले भनिन्,‘त्यसपछि मेरो शरिरमा काँडा उम्रियो । केहीदिन अघि मैले पिएको जुसकै कारण म झण्डै मृत्युको मुखमा पुगेको रहेछु ।’

तस्विर : दिनेश परियार


यस्ता जुसहरु गर्भवति महिलाले मात्रै पिउँदैनन् । शहरका ठूलादेखि साना अस्पतालमा उपचारका क्रममा रहेका अधिकांश विरामीका बेडमा भेटिन्छन् । त्यसैले आम मान्छेको जीवनमा खेलबाड गर्ने कम्पनि र वितकमाथि कारबाही गरिपाउँ भन्दै उनले सोमबार नै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा उजुरी दिएकी थिइन् ।

उनको उजुरीपछि विभागले सोमबार बिगमार्टमा छापा मारेको छ ।
डाबर नेपालद्वारा उत्पादित तथा वितरण गरिएको रियल फ्रुट पावर लेखिएको पामिग्र्यानेट नामक जुस जफत गरेर विभागले अनुसन्धान थालेको छ ।

अनामनगरस्थित रहेको बिगमार्ट प्रा.लीबाट यस्ता अखाध्य पदार्थ विक्री भएको पाइएपछि खाध्य प्रविधि तथा गुण नियन्त्रण विभागले विगमार्टमा छापा मारेको हो ।


सोमबार दिउँसो करिब ४ बजेतिर विभागका अधिकारीले विगमार्टमा छापा मारेका हुन् ।
हेर्दा उक्त बट्टा भित्र ‘क्युरेट गरेर फालिएको बच्चा जस्तो देखिने’ दुर्गन्धित बस्तु फेला परेपछि विभागमा उजुरी परेका विभागका एक अधिकारीले बताए । विभागले उनको उजुरीको आधारमा विगमार्टमा छापा मारेको हो ।

आममानिसको स्वास्थ्यमा खेलवाड भइरहेको देखेपछि आफुले नियामक निकायलाई खबर गरेको ती महिलाको भनाई छ ।

Trending News