
काठमाडौं, ९ वैशाख । धार्मिक राजनीति गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी र केही महिनाअघि सर्वोचच अदालतको फैसलाले ब्युँतिएको नेपाल कम्युनिस्ट पार्टीलाई निर्वाचन आयोगले स्पष्टिकरण सोधेको छ ।
यी दलसहित तीन दर्जनभन्दा बढी दलले लेखा परिक्षण प्रतिबेदन नबुझाएको भन्दै आयोगले १५ दिन भित्र स्पष्टिकरण पेश गर्न सुचना छापेको छ ।
निर्वाचन आयोगका अनुसार कमल थापा नेतृत्वको राप्रपाले आर्थिक वर्ष २०७४÷७५ र ७६÷७७ को आय व्यायको लेखा परिक्षण प्रतिवेदन बुझाएका छैन । ऋषि कट्टेल नेतृत्वको नेकपाले २०७६÷७७ को आय व्यायको लेखा परिक्षण बुझाएका छैन ।
त्यस्तै गोपाल किराँती नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले पनि लेखा परिक्षण प्रतिवेदन बुझाएको छैन ।
