
काठमाडौं, १० वैशाख । राजधानीको सुन्धारामा पुन निर्माण गरिएको धरहरा छैटौं भूकम्प दिवसको अवसरमा शनिबार उदघाटन गरिँदैछ । २०७२ साल वैशाख १२ गतेको भूकम्पले भत्किएको धरहरा निर्माण थालिएको झण्डै ५ वर्षपछि शनिबार उद्घाटन गर्न लागिएको छ ।
काठमाडौंको ९ तले धरहरा भूकम्पले ढलेपछि हाल बनाइएको धरहरा कति तलाको छ ?
यो प्रश्न हामीले निर्माण कम्पनि रमन कन्स्ट्रक्सनका अध्यक्ष बलराम महतोलाई सोधेका थियौँ । महतोका अनुसार यो धरहरा २२ तलाको हो । धरहरा बाहिर देखिएको घेरा नौ वटा भएपनि यहाँ एउटा घेरामा २ वटा तला रहेको महतोको भनाई छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा उद्घाटनको हतारो गरेपनि निर्माण सम्पन्न भने आगामी पुसमा सम्पन्न हुने उनले बताए ।